मर्जरपश्चात एनआरएन १ अर्व पूजि सहित ठूलाे लघुवित्त बन्दै

२०७५ सालमा स्थापना भएकाे धनगढी कैलालीमा केन्द्रीय कार्यालय रहेकाे यस एनआरएन लघुबित्त  बित्तीय संस्थाले करिब डेढ बर्षकाे छाेटाे अवधीमै ५ अाेटा लघुवित्त वित्तिय संस्थाहरू मर्ज गरेकाे छ गत भाद्र २०७६ मा २ लघुवित्त रामारोशन लघुबित्त बित्तीय सँस्था र  क्रियटिभ लघुबित्त बित्तीय बित्तीय सँस्थालाई मर्जर गरेपश्चातकाे एनअारएन ले हाल किसान माइक्रोफाइनान्स र दिव्य लघुबित्त बित्तीय संस्था मर्जर गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपश्चात यति छाेटाे अवधीमा सबैभन्दा बढि वित्तिय संस्थाहरू मर्जर गर्ने पहिलाे वित्तिय संस्था बनेकाे छ ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएकोहुँदा अब दुवै बित्तीय सँस्थालाई चाँडै मर्जर गरि असार अन्त सम्ममा एकिकृत काराेबार सुरू हुने एनआरएन लघुबित्त बित्तीय सँस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले बताउनुभएकाे छ । हाल यस संस्थामा गाभिने किसान माइक्रोफाइनान्स २०६९ मा सँचालन भएको कैलालीको बलियामा केन्द्रिय कार्यालय रहेको लुघबित्त बित्तीय स्ांस्था हो भने बनेपा काभ्रेमा केन्द्रीय कार्यालय रहेकाे दिव्य लघुवित्त राष्ट्रिय स्तरको लघुबित्त बित्तीय सँस्था हो ।

एनआरएनका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहका अनुसार एनआरएन अबको मर्जर पश्चात अधिकृत पूँजी १ अरब, जारी पूँजी ५२ करोड ८८ लाख  ४७ हजार  र चुक्ता पूँजी ३९ करोड २८ लाख  का साथ कारोबार नेपाल भर फैलिने छ र  शाखा कार्यालयको संख्या  १ शय ४२, कर्मचारी संख्या  ५ शय, लगानी ४ अरब १० करोड, बचत ८७ करोड ६० लाख, सदस्य संख्या १ लाख ४४ हजार  र ऋणी सदस्य संख्या ५० हजार ९ शय ९७ पुग्ने छ ।

हाल सम्म जम्मा ४३ जिल्लामा शाखा विस्तार गरिसकेको छ भने आगामी १ बर्ष भित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गरि ७७ वटै जिल्लामा काराेबार विस्तार गर्ने तथा हकप्रद शेयर र (एफपीओ )जारी गरि चुक्ता शेयर पुँजी १ अर्व पुरयाउने संस्थाकाे योजना रहेको छ ।

-इमान बटाला ( IT Department )
एनआरएन लघुवित्त वित्तिय संस्था लि.



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Skip to toolbar