एनअारएन लघुवित्तकाे राहत सम्बन्धी सूचना ।।

एनआरएन लघुवित्तको राहत सम्बन्धी सूचना ।

ग्रामीण भेगका विपन्न बर्गका ४८५०१ जना सदस्य सहित सुदूर पश्चिमको धनगढीमा केन्द्रीय कार्यालय रहेको एक मात्र राष्ट्रिय स्तरको यस एनआरएन लघुवित्त वित्तीय संस्था लि. ले मुलतः आफ्ना सदस्य तथा कर्मचारीलाई विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम बाट बचाउने प्रयास गर्न, संक्रमित सदस्यको उपचार तथा पिडितलाई राहत उपलब्ध गराउनका लागि हाललाई रु.७,११,६४०।– खर्च गर्ने निर्णय गरेको छ । जसमा संस्थाले रु ५,००,०००।– र सम्पूर्ण कार्यरत कर्मचारीहरुको तर्फबाट १ दिनको तलब बराबरको रकम रु.२,११,६४०।–जम्मा गरेको छ । उक्त रकमबाट संस्थाले कर्णाली र सुदूरपश्चिम प्रदेशसरकारको कोरोना भाइरस उपचार तथा नियन्त्रण कोषमा रु.५१,०००।– का दरले उपलब्ध गराउने भनेअनुरुप सुदूरपश्चीम प्रदेश सरकारलाई यस अघि नै उपलब्ध गराइसकेको र कर्णाली प्रदेश सरकारलाई प्रदान गरेपश्चातको बाँकि रकम निम्नानुसार खर्च गर्ने निर्णय गरिएकोे छ ।

१. कर्मचारी र सदस्यलाई मास्क, साबुन वा सेनीटाईजर र पञ्जा उपलब्ध गराउने ।
२. कोरोना भाइरसबाट संक्रमित विरामी सदस्यलाई औषधि उपचारका लागि रु.१०,०००।–उपलब्ध गराउने ।
४. कोरोनाबाट मृत्यु हुने सदस्यका परिवारलाई राहत स्वरुप काज किरिया खर्च रु.१०,०००।– उपलब्ध गराउने ।
५. कोरोनाको कारणले भएको लकडाउन अबधीमा साँवा व्याज बुझाउनेलाई व्याज रकममा रु.१०% छुट र व्याज मात्र बुझाउनेलाई साँवा किस्तामा थप ब्याज वा हर्जना नलगाउने ।
६. लकडाउनको अबस्थामा उपचार, खाद्यान्न आदिको समस्या परेका सदस्यलाई रु.२०,०००। सम्म अर्जेन्ट कर्जा उपलब्ध गराउने व्यबस्था गर्ने ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सुरक्षाका उपाय अपनाई सावधानी पूर्वक सेवा दिनुपर्ने व्यवस्था गरेवमोजिम यस वित्तियसंस्थाले पनि साेहिअनुसार व्यवस्था गरेकाले कार्यालयमा समन्वय गरि उपराेक्त वमाेमिजमका  सुविधा लिनहुन अनुरोध छ ।



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Skip to toolbar