एनआरएनले गर्याे अर्काे मर्जर सम्झौता ।

इमान बटाला,माघ १, २०७६ धनगढी कैलाली
स्थापनाकाे १ बर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशकाे धनगढीमा रहेकाे एनआरएन लघुवित्त वित्तिय संस्था लि. ले अर्काे मर्जर सम्झौता गरेकाे छ । पहिलाे मर्जर सफल गरेकाे छाेटाे समयमै माघ १ गते बुधबार एनआरएनले सुदूरपश्चिमकाे लम्कीचूहा न.पा. मा रहेकाे किसान माइक्राेफाइनान्स र काभ्रेपलान्चाेक जिल्लाकाे भकुन्डेबेसीमा रहेकाे दिव्य लघुवित्त सँग दाेश्राे मर्जरकालागि प्रारम्भिक सम्झौता भएकाे छ ।

साे सम्झौतामा किसान माइक्रोफाइनान्स तर्फबाट सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, एनआरएन लघुवित्तका तर्फबाट मर्जर समिति संयोजक शम्भु घिमिरे र दिव्य लघुवित्तका तर्फबाट मर्जर समिति संयोजक महेश बस्नेतले हस्ताक्षर गरि लगत्तै सम्झौताको विबरण राष्ट्र बैंकमा बुधबार नै दर्ता गरिएको छ ।

सम्भवत चैत्र भित्र एकिकृत काराेबार गर्ने गरि मर्जरकाे कार्य तीव्र गतिमा हुने भनिएकाे छ भने संस्थाकाे सेयर अनुपातकाे बारेमा मर्जरकाे दाैरानमै गरिने भएकाे छ । संस्थाकाे अध्यक्ष  तथा प्रमुख कार्यकारी अधिकृत हालकाे एनआरएन लघुवित्त वित्तिय संस्था लि बाटै रहने सहमति भएकाेछ भने संस्थाकाे नाम एकिकृत साधारण सभाले परिवर्तन नगरेसम्म एनआरएन लघुवित्त वित्तिय संस्था लि. नै रहने छ ।

मर्जर पश्चात संस्था ५२ कराेड पूजी सहित १३० भन्दा बढि शाखाबाट १ लाख सदस्यमा सात वटै प्रदेशमा उपस्थिती जनाउन सफल हुने एनआरएन लघुवित्तले स्थापनाकाे १ बर्ष छाेटाे अवधीमै ६ वटा लघुवित्त मर्ज गरि तत्कालै हकप्रद सेयर तथा F.P.O जारि गरि १ अर्व पूजी सहितकाे एक राष्ट्रीयस्तरकाे सफल तथा शसक्त  लघुवित्तका रूपमा स्थापित हुने लक्ष्य लिएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले बताउनुभएकाे छ।



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Skip to toolbar